१७ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिगमा आफ्नो १०० औं खेलमा रोबर्टो लेभान्डोस्कीले ह्याट्रिक गर्दै बायर्न म्युनिखले बेन्फिकालाई हराएको छ र नकआउट चरणमा पुगेको छ ।
मंगलबार राति भएको खेलमा बायर्नले बेन्फिकालाई ५–२ को फराकिलो अन्तरले हराएको हो ।
बायर्नको जितमा लेभान्डोस्कीले २६, ६१ र ८१ औं मिनेटमा गोल गरेका हुन् । गनाब्री र सानेको नाममा एक–एक गोल रह्यो ।
from Online Khabar https://ift.tt/3CN1Ewk

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।