ब्रेकिङ न्युज

6/recent/ticker-posts

क्रोएसिया विश्वकपमा छनोट

काठमाडौं । साविक उपविजेता क्रोएसिया अर्को वर्ष कतारमा हुने पिफा विश्वकपका लागि छनोट भएको छ ।

युरोपियन छनोटअन्तर्गत आइतबार भएको खेलमा रसियालाई १-० ले पराजित गर्दै क्रोएसिया समूह एचबाट शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो ।

घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले आत्मघाती गोलको मद्दतमा जित हात पारेको हो ।

रसियाका फेडोर कुड्रयासोभ ८१औं मिनेटमा आत्मघाती गोल गर्दा क्रोएसियाले अग्रता बनाएको थियो ।

खेलअघि रसिया समूह एचमा २२ अंकसहित शीर्ष स्थानमा थियो । क्रोएसिया दुई अंक पछि थियो । रसियालाई बराबरी पनि पर्याप्त थियो ।

तर जितपछि २३ अंक जोड्दै क्रोएसिया विश्वकपमा छनोट भयो ।



from Online Khabar https://ift.tt/3Fjcjzl

Post a Comment

0 Comments