ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेल्जियम विश्वकपमा छनोट

काठमाडौं । विश्व नम्बर एक बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।

युरोपियन छनोटअन्तर्गत शनिबार राति इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो ।

बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यानिक कारास्को र थोर्गन हाजार्डले गोल गरे ।

इस्टोनियाबा लागि इरिक सोर्गाले एक गोल फर्काए ।

एक खेल अगावै विश्वकपमा स्थान पक्का गरेको बेल्जियमले छनोटको अन्तिम खेलमा वेल्ससंग खेल्नेछ ।

समूह ई मा बेल्जियम सात खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ ।

यसै समूहको अर्को खेलमा वेल्सले बेलारुसलाई ५-१ ले पराजित गरेको छ ।



from Online Khabar https://ift.tt/3DeB2UR

Post a Comment

0 Comments