काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह एफको खेलमा स्पानिस क्लब भियारियाललाई २-० ले पराजित गर्दै युनाइटेडले एक खेलअगावै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
भियारियालको मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन क्रिस्टियानो रोनाल्डोले ७८औं र जाडोन सान्चोले ९०औं मिनेटमा गोल गरे ।
जितपछि युनाइटेडले पाँच खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट भियारियल सात अंकसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा एटलान्टा र योङ ब्वाइजले तीन/तीन गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एटलान्टा ६ अंकसहित तेस्रो स्थानमा रहँदा चार अंक जोडेको योङ ब्वाइज चौथो स्थानमा छ ।
from Online Khabar https://ift.tt/3nLte83
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।