ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेयमार र एमबाप्पे चम्किँदा पीएसजी विजयी

काठमाडौं । नेयमार र किलिएन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मने (पीएसजी)ले बोर्डोलाई ३-२ ले पराजित गरेको छ । नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल गर्नुका साथै दुई असिस्ट गरे ।

अवे मैदानमा पीएसजीले तीन गोलको अग्रता लिएको थियो । बोर्डोले अन्तिम १२ मिनेटमा दुई गोल फर्काएको थियो ।

खेलको २६औं र ४३औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । दुवै गोलका लागि एमबाप्पेले सहयोग गरेका थिए ।

६३औं मिनेटमा एमबाप्पेले जर्जिनिओ वाइनाल्डमले गोल गर्दै पीएसजीको अग्रतालाई ३-० बनाए ।

बोर्डोका लागि ७८ औं मिनेटमा अल्बर्थ इलिस र इन्जुरी टाइममा मबेय नियाङले गोल गरे पनि हार टार्न पर्याप्त भएन ।

जितपछि १३ खेलबाट ३४ अंक जोडेको पीएसजीले दोस्रो स्थानको लेन्समाथि १० अंकको अग्रता बनाएको छ ।

बोर्डो १३ खेलबाट १२ अंकसहित १६औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3BTCXgn

Post a Comment

0 Comments