ब्रेकिङ न्युज

6/recent/ticker-posts

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको मृत्यु   

७ मङ्सिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा हुँदा तीन जना बालकको मृत्यु भएको छ । गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

बालबालिका घरमा एक्लै भएको बेलामा आगलागी भएको प्रहरीले बताएको छ ।



from Online Khabar https://ift.tt/3HItkVP

Post a Comment

0 Comments