ब्रेकिङ न्युज

6/recent/ticker-posts

कांग्रेसको मनोनयन दर्ता आज

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसारआज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुनेछ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मतदात भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा विभिन्न कलस्टर अनुसार कार्यसमितिको चुनाव हुँदैछ । पदाधिकारीका लागिसमेत कलस्टर छुट्याइएको छ ।

पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

समाचार तयार पार्दासम्म सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा र छुट्टै समूह बनाएका विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने साझा उम्मेदवार घोषणा गर्न सकेको छैन । रामचन्द्र समूहमा प्रकाशमान र शेखर कोइराला सभापतिमा दाबेदार छन् ।



from Online Khabar https://ift.tt/3oLKZVk

Post a Comment

0 Comments