दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या बढेर ६५ पुगिसकेको छ ।युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा. भूूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए । अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड देख

from रातोपाटी https://ift.tt/3nwO9ep