ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार समूह चरणबाटै बाहिरियो

कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । विश्वकपको इतिहासमा समूह चरणबाटै बाहिरिने कतार पहिलो आयोजक राष्ट्र पनि बनेको छ । सन् १९३० देखि हालसम्म विश्वकपमा आयोजक राष्ट्रले कम्तिमा समूह चरण पार गरेका छन् । समूह ए मा नेदरल्यान्ड्स र इक्वेडरले दुई खेलबाट ४–४ अंक जोडेका छन् । सबै टोलीले एक–एक खेल खेल्न बाँकी रहँदा कतार अंकविहीन छ ।&n

from रातोपाटी https://ift.tt/WAK5Rdm

Post a Comment

0 Comments