ब्रेकिङ न्युज

6/recent/ticker-posts

दोलखामा माओवादी केन्द्रका गंगा कार्कीको अग्रता

१६ मंसिर, काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ ।

यसैगरी प्रदेश सभा तर्फ प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । उनले १ हजार ६६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १०५४ मत पाएका छन् ।

प्रदेश २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी अगाडि छन् । केसीले २ हजार १७६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन् ।

प्रतिनिधि सभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएपछि मंसिर १५ गते बिहीबार पुनः मतदान भएको थियो । त्यसको मतगणना गएरातिदेखि जारी छ ।



from Online Khabar https://ift.tt/pDE6yih

Post a Comment

0 Comments