ब्रेकिङ न्युज

6/recent/ticker-posts

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

२५ मंसिर, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा  कञ्चनपुरको कृष्णपुर-८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।

चौधरीले चलाएको से.७प ७७९३ नम्बरको  मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१-००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जोशीले बताए । उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ ।

ट्रयाक्टर र चालक कैलालीको भजनी नगरपालिका-३ बस्ने ३४ वर्षीय  कलम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।



from Online Khabar https://ift.tt/JGNeZXm

Post a Comment

0 Comments