ब्रेकिङ न्युज

6/recent/ticker-posts

क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भिडन्त तय

इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औँ मिनेटमा हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इङ्ल्यान्डलाई २-० को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा साकाले गोल गर्दै इङ्ल्यान्डलाई ३-० को जित दिलाए । &

from रातोपाटी https://ift.tt/4jpdwAY

Post a Comment

0 Comments