ब्रेकिङ न्युज

6/recent/ticker-posts

तनहुँका दीपेन्द्रले गरे टोकियोको विश्वविद्यालयबाट विद्यावारिधि

काठमाडौं। तनहुँको भानु नगरपालिका–८ का दीपेन्द्र ढकालले जापानको टोकियो कृषि विश्वविद्यालयबाट विद्यावारिधि उपाधि पाएका छन् । विश्वविद्यालयले ढकाललाई उत्कृष्ट शोधपत्र अवार्डसहित विद्यावारिधि प्रदान गरेको उनका भाइ शैलेन्द्र ढकालले जानकारी दिए ।

उनले ‘नेपालको ग्रामिण समुदायमा विपद्ले पार्ने सामाजिक तथा आर्थिक प्रभाव र समुदायमा आधारित विपद् व्यवस्थापन’ शीर्षकमा विद्यावारिधि गरेका हुन् । उनले गरेको उक्त शोधपत्रलाई विश्वविद्यालयको कृषि अर्थशास्त्र विभागले उत्कृष्ट ठहर समेत गरेको छ ।

दीपेन्द्रलाई २० मार्च २०२३ मा विश्वविद्यालयको दीक्षान्त समारोहको अवसरमा पीएचडीको उपाधि प्रदान गरिएको उनका भाइ शैलेन्द्रले बताए ।



from Online Khabar https://ift.tt/53xn2OF

Post a Comment

0 Comments