ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु

३१ असार, काठमाडौं । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे यो घटना भएको हो । बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेरठ डिस्टि्रक मजिष्ट्रेट दीपक मिणाले जानकारी दिएका छन् । अन्य ५ जना घाइतेहरुको गम्भीर अवस्थामा उपचार जारी छ ।

यसअघि गत शुक्रबार र शनिबार पनि भारतको मुजफ्फरनगर जिल्लामा भएका अलग-अलग सवारी दुर्घटनामा ४ जना बोलबम यात्रुको मृत्यु भएको थियो ।



from Online Khabar https://ift.tt/1UOQybs

Post a Comment

0 Comments