ब्रेकिङ न्युज

6/recent/ticker-posts

भीमदत्त राजमार्ग ६ घण्टा बन्द हुने

३२ साउन, धनगढी । भीमदत्त राजमार्ग बिहीबार (आज) ६ घण्टाका लागि बन्द गरिने भएको छ ।

गत २२ साउनमा आएको  पहिरोका सडक भाँसिएको गोदावरी नगरपालिका-४ को बुढितोलामा मर्मतका लागि  दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले सडकको पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिएपनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गरिन लागेको जानकारी दिए ।

सुवेदीले  उक्त क्षेत्रमा गाडी चलेपनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिइने बताए ।

लगातारको वर्षापछि गत सोमबार आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग एक हप्तापछि सञ्चालनमा आएको थियो ।



from Online Khabar https://ift.tt/cK2GNI3

Post a Comment

0 Comments