ब्रेकिङ न्युज

6/recent/ticker-posts

कांग्रेस संसदीय दलको बैठक आज सकिंदै

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सकिंदै छ । गत शुक्रबारदेखि जारी बैठक आज सकिन लागेको हो ।

समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै बैठक आज सकिने प्रमुख सचेतक रमेश लेखकले जानकरी दिए ।

बैठकमा सरकारका कामकारबाही, सुन तस्करीलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा सांसदहरूले आफ्नो धारणा राखेका थिए ।

१०० किलो सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणासमेत सांसदहरूले राखेका थिए । सांसदहरूले मोरङका सांसद सुनिल शर्मा पक्राउको विरोधसमेत गरेका छन् ।

सरकारका कामकारबाहीबारे समेत प्रश्न उठेपनि कांग्रेस नेताहरूले सरकार ढाल्ने र अर्को बनाउने विषय नउठेको स्पष्टीकरण दिएका छन् ।

बै७कमा आइतबारसम्म ५० जना सांसदले धारणा राखेका छन् । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा बाँकी सांसदहरूले धारणा राख्ने छन् ।

महत्वपूर्ण विषयलाई पारित गर्दै बैठक आजै समापन गरिने प्रमुख सचेतक लेखकले जानकारी दिए ।



from Online Khabar https://ift.tt/fdUSRIM

Post a Comment

0 Comments