३० साउन, काठमाडौं । राफेल भरानले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले वल्भ्सलाई हराएर प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ ।
सोमबार राति भएको लिगको एक मात्र खेलमा युनाइटेडले वल्भ्सलाई १-० ले हरायो ।
युनाइटेडलाई पहिलो तीन अंक दिलाउन भरानले ७६औं मिनेटमा आरोन वान विसाकाको पासमा गोल गरे ।
जितपछि युनाइटेड अंक तालिकामा सातौं स्थानमा छ ।
प्रिमियर लिगको नयाँ सिजनमा पहिलो चरणको दश खेल सकिंदा युनाइटेडसहित सात क्लबले जित हात पारेका थिए ।
from Online Khabar https://ift.tt/rAkhDBu

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।