ब्रेकिङ न्युज

6/recent/ticker-posts

हाभार्टको गोलमा आर्सनल शीर्ष स्थानमा

१० मंसिर, काठमाडौं । काई हाभार्टले खेलको अन्त्यतिर गरेको गोल मद्दतमा लण्डन क्लब आर्सनलले प्रिमियर लिगमा ब्रेन्फोर्डलाई १-० ले पराजित गरेको छ ।

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा हाभार्टले ८९औं मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाए । हाभार्ट ७९औं मिनेटमा गाब्रीएल मार्टिनेलीको स्थानमा मैदान गरेका थिए र दश मिनेटपछि नै निर्णायक गोल गरे ।

त्यसअघि लियोन्ड्रो ट्रोसार्डले ४२औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।

यो जितपछि १३ खेलबाट ३० अंक जोडेर आर्सनल अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट २९ अंकसहित म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । शनिबार चाँडै भएको खेलमा सिटीले लिभरपुलसँग १-१ को बराबरी खेलेको थियो ।

चेल्सी पराजित

एउटा लण्डन क्लब विजयी हुँदा अर्को लण्डन क्लब चेल्सी भने न्युकासलसँग ४-१ ले पराजित भएको छ । न्युकासलका लागि अलेक्जान्डर इस्याक, जमल लेसलेस, जोएलिन्टन र एन्टोनी गोर्डनले एक एक गोल गरे । चेल्सीका लागि रहिम स्टर्लिङले एक गोल फर्काए ।

रिस जेम्सले ७३औं मिनेटमा रातो कार्ड पाएपछि चेल्सी दश खेलाडीमा समेटिएको छ ।

जितपछि न्युकासल १३ खेलबाट २३ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । समान खेलबाट १६ अंकसहित चेल्सी दशौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/XYiJ8EL

Post a Comment

0 Comments