ब्रेकिङ न्युज

6/recent/ticker-posts

१६औं योजनाका लागि सुझाव लिन कर्णाली पुग्यो आयोगको टोली

२७ मंसिर, सुर्खेत । १६औं योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगको टोली कर्णाली प्रदेश पुगेको छ ।

कर्णाली प्रदेश सरकार साथै कर्णाली प्रदेशभित्रका जिल्ला समन्वय समिति, स्थानीय तहहरु र निजी क्षेत्र समेतको सुझाव लिने गरी आयोगको टोली कर्णाली पुगेको हो ।

सुझाव लिनका लागि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवालीसहितको टोली मंगलबार नै सुर्खेत पुगेको छ ।

सुझावका लागि बुधबार सुर्खेतको वीरेन्द्रनगरमा छलफल कार्यक्रम आयोजना गरिएको छ ।

बुधबारको कार्यक्रममा कर्णाली प्रदेशका मूख्यमन्त्री राजकुमार शर्मासहित सबै प्रदेश मन्त्रीहरु सहभागी हुँदैछन् ।

बुधबारकै कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु साथै कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला समन्वय समिति संयोजक तथा समन्वय अधिकारी र निजी क्षेत्रका अगुवाहरु लगायत सहभागी हुँदैछन् ।

बिहीबार भने आयोगले कर्णाली प्रदेश भरीका सबै स्थानीत तहका प्रमुख वा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी हुने आयोगका सहसचिव महेश भट्टराईले जानकारी दिए ।

आयोगले यसअघि कोशी प्रदेशमा आयोग सदस्य डा. आरपी विच्छा, मधेश प्रदेशमा डा. जयकान्त राउत, वागतमी प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकी प्रदेशमा डा.रामकुमार फुयाँल, लुम्बिनीमा डा. रमेशचन्द्र पौडेल रसुदुरपश्चिममा डा.अनिता शाह ढुंगानाको नेतृत्वमा टोली पठाएर सुझाव लिएको थियो ।



from Online Khabar https://ift.tt/P57DTKo

Post a Comment

0 Comments