ब्रेकिङ न्युज

6/recent/ticker-posts

म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा

२४ पुस, काठमाडौं । म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरणको खेलमा प्रिमियर लिग क्लब युनाइटेडले लिग वान क्लब विगान एथ्लेटिकलाई २-० ले पराजित गरेको हो ।

युनाइटेडका लागि डिएगो डालोटले २२औं र ब्रुनो फर्नान्डेजले ७४औं मिनेटमा (पेनाल्टी) गोल गरे ।

खेलमा युनाइटेड कूल ३३ गोलका प्रयास गरेका थिए । युनाइटेडका म्यानेजर एरिक टेन हागले जित महत्वपूर्ण भएको बताए ।

युनाइटेड र विगानबीचको खेलअघि एफए कपको चौथो चरणको ड्र पनि गरिएको थियो ।

जसमा युनाइटेडले अब लिग टु क्लब न्युपोर्ट कउन्टी वा लन लिग टोली इस्ट लेइघमध्ये एकसँग खेल्नेछ ।



from Online Khabar https://ift.tt/B9DCU0o

Post a Comment

0 Comments