ब्रेकिङ न्युज

6/recent/ticker-posts

सिन्धुलीमा सामुदायिक वनको आगो वस्तीमा पस्दा ३ घर जले

१२ वैशाख, काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ६ गैरीगाउँमा बलेनी सामुदायिक वनमा लागेको आगो वस्तीमा पस्दा ३ घर र एउटा गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट १९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

मंगलबार साँझ ५ बजेतिर वनको डढेलो वस्तीसम्म पुगेको थियो । आगलागीमा परी गैरीगाउँका बेद कोइराला, ईन्द्र लाल श्रेष्ठ र तिलक लाल श्रेष्ठको घर जलेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिए ।

बेद कोइरालाको ढुङ्गा, माटो र काठले बनेको जस्ताले छाएको घर र गोठ दुवै जले पनि अन्यको घर मात्रै जलेका थिए । आगलागीबाट मानवीय र पशुचौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 



from Online Khabar https://ift.tt/jKwQ1fE

Post a Comment

0 Comments