ब्रेकिङ न्युज

6/recent/ticker-posts

इंग्ल्याण्ड सी टिमसँग नेपाल पराजित

काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाल राष्ट्रिय पुरुष फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

इंग्ल्याण्ड सी टिमसँगको खेलमा नेपाल सोमबार राति २-० ले पराजित भएको हो ।

अल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो । इंग्ल्याण्ड सी ले १२ मिनेटभित्रै दुई गोल गरेको थियो ।

खेलको आठौं मिनेटमा निक कामाम्बाले गोल गर्दै इंग्ल्याण्ड सी लाई अग्रता दिलाएका थिए । १२औं क्यालम स्टिडले गोल गर्दै इंग्ल्याण्ड टोलीको अग्रता दोब्बर पारेका थिए ।

त्यसपछि पनि इंग्लिस टोलीले नेपालमाथि दबाब बनाए पनि थप गोल गर्न सकेन ।

दुई गोल खाएपछि पनि नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । नेपालका फरवार्डहरु जिलेस्पी जंग कार्की  र सन्जिव विष्टले केही राम्रा मुभ बनाए पनि गोल गर्न सकेनन् ।

नेपाली राष्ट्रिय टोलीले पहिलो पटक इंग्ल्याण्ड गएर खेलेको हो । यसअघि शनिवार ब्रिटिस आर्मी टोलीविरुद्ध पनि नेपालले खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।



from Online Khabar https://ift.tt/Sls7k0i

Post a Comment

0 Comments