ब्रेकिङ न्युज

6/recent/ticker-posts

अन्तिम खेलमा पाकिस्तानको जित

असार ३, काठमाडौं – पाकिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई ३ विकेटले हराएको छ । १०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । कप्तान बाबर आजमले ३४ बलमा २ चौकासहित सर्वाधिक ३२ रन जोडे । ओपनर मोहम्मद रिजवान, अब्बास अफ्रिदी र सैम अयुबले १७–१७ रनमा आउट भए ।

शाहिन शाह अफ्रिदी ५ बलमा २ छक्कासहित १३ रनमा नट आउट रहे । आयरल्यान्डका ब्यारी म्याकार्थीले ३, कर्टिस क्याम्फरले २, मार्क आदिर र बेन ह्वाइटले १-१ विकेट लिए ।

त्यसअघि सेन्ट्रल बोवार्ड रिजनल पार्क रंगशाला फ्लोरिडामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनायो । ग्यारेथ डेलानीले १९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३१ रन बनाए । जोश लिटिलले २२ र मार्क आदिरले १५ रन जोडे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी र इमाद वासिमले ३-३ विकेट लिए । मोहम्मद आमिरले २ र हरिस रौफले १ विकेट लिए ।

समूह ए मा पाकिस्तान ४ खेलमा समान २ मा जित र हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । अमेरिकासँग सुपर ओभरमा हार्नु पाकिस्तानलाई ठूलो भारी पर्न पुग्यो । अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो । समूह ए बाट भारत ४ खेलमा ७ अंकका साथ शीर्षस्थानमा रहँदै सुपर ८ मा पुगेको छ । समूह डी अन्तर्गत नेपालले बिहान ५ : १५ मा आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ ।

 



from Online Khabar https://ift.tt/9SlqjcY

Post a Comment

0 Comments