ब्रेकिङ न्युज

6/recent/ticker-posts

चिजको डल्ला समाउन पहाडबाट यसरी पल्टिए सयौं मानिस

बेलायतको ग्लुसेस्टरशायरस्थित कुपर पर्वतमा आयोजना हुने चिजको डल्ला गुडाउने प्रतियोगितामा यो वर्ष पनि विश्वभरका सयौं मानिसहरू लडिबुडी गर्दै चिज समाउन भिरालोमा पल्टिए ।

७ पाउ वजनको उक्त चिजको गोला समाउनका लागि प्रतियोगीहरू उक्त भीरमा चिप्लिंदै, दौडिंदै तथा पल्टिंदै तल झरे । उक्त विशेष चिजको नाम डबल ग्लोसेस्टर हो जुन यसको तिखो तथा मिठो स्वाद र बासनाका लागि लोकप्रिय छ ।

भिरालो पहाडमा दौडिएर तल झर्न सम्भव नहुँदा मानिसहरू लड्दै र पल्टिंदै झर्दा ठक्कर खाएर घाइते हुनु स्वभाविकै हो ।

Pic: PA Participants take part in the annual cheese rolling at Cooper's Hill in Brockworth, Gloucestershire. Picture date: Monday May 27, 2024.

१८० मिटरको उक्त पहाडबाट झर्दा निकै कम प्रतिस्पर्धीहरु मात्रै सहज रुपमा फेँदीसम्म पुग्न सकेका थिए ।

मास्टर अफ चिजले उक्त विशेष चिज माथिबाट छाडिदिएर तल गुड्न थालेपछि दौड सुरु हुन्छ । त्यसपछि प्रतिस्पर्धीहरू उक्त चिजको डल्लालाई पछ्याउँदै तल झर्छन् ।

यो वर्ष भारी वर्षातपछि उक्त प्रतियोगिता भएकाले पहाड निकै चिप्लो र हिलो थियो । माथिबाट लड्दैपड्दै तल झरेका प्रतिस्पर्धीहरूलाई समाउनका लागि पहाडको फेंदीमा स्थानीय रग्बी क्लबका सदस्यहरू खटिएका थिए ।

उक्त प्रतियोगिताअन्तरर्गत महिलातर्फ नर्थ क्यारोलिनाकी एब्बी ल्याम्पे विजयी भइन् ।

त्यस्तै तिन पुरुष दौडमा स्थानीय जोस शेफर्डसँगै जर्मनी र अष्ट्रेलियाका प्रतिस्पर्धीहरु विजयी बने ।

ग्लोसेस्टरशायरमा सदियौंदेखि चिज पल्टाउने उक्त दौड हुँदै आएको छ । इतिहास अनुसार पहिलोपटक सन् १८२६ मा उक्त प्रतियोगिता भएको हो ।

Pic: PA Participants take part in the annual cheese rolling at Cooper's Hill in Brockworth, Gloucestershire. Picture date: Monday May 27, 2024.



from Online Khabar https://ift.tt/Pc7N5CO

Post a Comment

0 Comments