ब्रेकिङ न्युज

6/recent/ticker-posts

स्पेनको शतप्रतिशत जित

११ असार, काठमाडौं । स्पेनले युरो २०२४ अन्तर्गत समूह चरणमा लगातार तेस्रो खेल जितेको छ । यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको स्पेनले समूह बी को अन्तिम खेलमा अल्वानियालाई १-० ले हरायो ।

स्पेनका लागि फेरान टोरेसले खेलको १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  त्यही गोल नै जित दिलाउन निर्णायक बन्यो ।

समूह बीमा स्पेनले तीनवटै खेल जित्ने क्रममा क्लिनसिट राख्यो । कुल ५ गोल गर्दा कुनै गोल खाएन ।

यसअघि स्पेनले क्रोएसियालाई ३-० ले तथा इटलीलाई १-० ले पराजित गरेको थियो ।

स्पेनको जितपछि समूह सी मा रहेको इंग्ल्याण्ड तथा समूह डी मा रहेको फ्रान्स र नेदरल्याण्ड्सले पनि नकआउटमा स्थान सुरक्षित गरेका छन् । आफ्नो समूहमा एक खेल खेल्न बाँकी भएपनि यी तीन टिम कम्तीमा पनि उत्कृष्ट तेस्रो टिमभित्र पर्ने निश्चित छ ।

अल्वानिया भने ३ खेलबाट जम्मा १ अंक जोड्दै समूह चरणबाटै बाहिरिएको छ ।

तस्वीर : यूईएफए



from Online Khabar https://ift.tt/Gcu2eFJ

Post a Comment

0 Comments