ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपालले दक्षिण अफ्रिकासँग टस जितेर पहिला फिल्डिङ गर्दै

असार १, काठमाडौं – नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले एक परिवर्तन गरेको छ । स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ ११ मा हुँदा सागर ढकाल बेन्चमा छन् ।

दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ समूह डी मा शीर्षस्थानमा छ । दक्षिण अफ्रिका एक खेल अगावै सुपर-८ मा पुगेको छ । दक्षिण अफ्रिकालाई यस खेल सुपर ८ अघिको तयारी हुनेछ । दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले हराएको थियो ।

नेपाल २ खेलमा १ मा हार र १ खेलमा रद्ध हुँदा १ अंकका साथ चौथो स्थानमा छ । सुपर ८ को अंक गणीतिय सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्छ । यदि नेपाल पराजित भएमा आधिकारिक रुपमा बाहिरिनेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसक्दा अंक बाँडेको थियो ।

 



from Online Khabar https://ift.tt/H3iwqSO

Post a Comment

0 Comments