ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगायो ताला

१४ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्‍दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो नलगाइकन जबर्जस्ती ढंगबाट निवार्चनमा गएको भन्‍दै नेपाल प्रेस युनियनले पत्रका महासंघको केन्द्रीय कार्यालयमा राति साढे १० बजे तालाबन्दी गरेको युनिनयनका महासचिव दिलिप पौडेले बताए ।

महासचिव पौडेलले  अनलाइनखबरसँग भने, ‘नेपाल पत्रका महासंघको सदस्यता वितरणप्रति महासंघका शाखा र प्रदेशहरूले टुंग्याएर पठाएको थियो। तर, केन्द्रले जिल्ला शाखा, प्रदेश शाखा र प्रतिष्ठान शाखाले पठाएको सिफारिसलाई हटाएर कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारहरूलाई महासंघको निर्वाचन पक्रियाको मतदाता नामावलीमा समावेश गरिएको हुनाले तालाबन्दी गर्नु परेको छ।’  उनले युनियनले यस घटनाप्रति घोर भर्त्सना गर्दै महासंघको केन्द्रीय नेतृत्वको जबरजस्ती कब्जाको नीति कायम राखेसम्म तालाबन्दी कायमै रहने बताए।

महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह गर्दै सदस्या विवाद नटुंगिएसम्म महासंघको निर्वाचनमा भाग नलिई देशभर आन्दोलन गर्ने समेत युनियनका महासचिव पौडेलले चेतावनी  दिए । ‘पत्रकार महासंघलाई फेरि पनि महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह छ। तर यदि यो अन्तिम आग्रहलाई पनि बेवास्ता गरे महासंघको निर्वाचनको प्रक्रियामा भाग नलिइ देशव्यापी आन्दोलनमा उत्रिन्छौं।’

उनले  महासंघको निर्वाचनका गराउनका लागि बनेको पुर्वअध्यक्षहरूको निर्देशक समितिले आफ्नो हैसियत बिर्सिएर कुनै राजनीतिक दलको भेलामा जाने र फेरि महासंघमा आएर क्रियाशील पत्रकारहरूलाई हटाउने हर्कत गरिरहेको  आरोप लगाए । उनले भने, ‘ अहिले महासंघको चुनाव गराउन पुर्वअध्यक्षहरूको निर्देशक समिति बनेको छ। उक्त निर्देशक समितिका सदस्यहरू आफ्नो हैसियत बिर्सिएर कुनै पार्टीको भेलामा जाने र त्यहाँबाट आएर महासंघलाई कब्जा गर्ने तरिकाले क्रियाशील पत्रकारहरूलाई हटाउने काम गरिहरेका छन्,  यसलाई निर्वाचन समितिले वैधता दिन खोजिरहेको छ ।यसैको विरोधमा हामीले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नु परेको हो।’

विशेषगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा महासंघका पुर्व गोविन्द आचार्यले गृहमन्त्रालयको निर्देशक समिति मार्फत महासंघ कब्जा गर्ने गरी निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेको उनको आरोप छ ।  ‘ देशभरका क्रियाशील पत्रकारको आवेदन र उजुरीलाई लत्याएर गृहमन्त्रालयको निर्देशक समितिमार्फत निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गर्नु गलत हो। यसको प्रेस युनियन घोर भर्त्सना गर्दछ। महासंघ कब्जा गर्ने नीति हामीलाई कदापी स्वीकार्य हुनेछैन र मान्नेछैनौ। विधि र प्रक्रियाबाट सदस्यता कायम गर्न हामी पुन: महासंघसँग आग्रह गर्दछौं।’

पत्रकार महासंघका अध्यक्ष र महासचिवलाई गत असार ९ भेटेर सदस्यता विवाद सच्याउन २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा भोलिपल्ट उजुरीका आधारमा महासंघको सदस्यता कायम गर्ने आश्वासन दिएको थियो।



from Online Khabar https://ift.tt/T5L63Mh

Post a Comment

0 Comments