ब्रेकिङ न्युज

6/recent/ticker-posts

पाकिस्तानले दियो अमेरिकालाई १६० रनको लक्ष्य

२४ जेठ, अमेरिका – पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनायो ।

कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाए । सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० रन बनाए । एक समय ४.४ ओभरमा २६–३ को अवस्थामा पुगेको पाकिस्तानलाई बाबर र सादबले ७२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

पाकिस्तानको शीर्षक्रमका तीन ब्याटर मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भएका थिए । तल्लोक्रममा शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८ र हरिस रौफले ३ रन बनाए ।

अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १(१ विकेट रह्यो ।

समूह ए मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्यान्ड छन् । अमेरिकाले यहीँ मैदानमा पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको थियो । उक्त खेलमा १९५ रनको लक्ष्य अमेरिकाले पूरा गरेको थियो । पाकिस्तानको पहिलो खेल हो ।



from Online Khabar https://ift.tt/CnqPz6R

Post a Comment

0 Comments