ब्रेकिङ न्युज

6/recent/ticker-posts

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ७६ प्रतिशत

९ असार, काठमाडौं । नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ७६ प्रतिशतभन्दा बढी भएको भएको छ । यसैगरी वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी छ ।

राष्ट्रिय योजना आयोगले आइतबार बिहान गरेको अनुगमनको क्रममा नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक रमेश कोइरालाले सो जानकारी दिएका हुन् ।

आइतबार राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयालको नेतृत्वको टोलीले सुरुङमार्गको स्थल अनुगमन गरेको थियो । टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको थियो ।

अनुगमन टोलीलाई बिफ्रिङ गर्दै आयोजना निर्देशक कोइरालाले आयोजनाका लागि पछिल्लो समय १८ महिना म्याद थप गरिएकामा थप गरिएको १४ महिना अझै बाँकी रहेकाले उक्त अवधिमा आयोजना सम्पन्न हुने बताए ।

यद्यपि, अनुगमनकाक्रममा केही समस्याहरु भने देखिएको आयोगले जनाएको छ । आयोगका सदस्य डा. फुयालका अनुसार केही कित्ताहरुको मुआब्जा बिवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने लगायतका चुनौतीहरु छन् । ‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या भएको रहेछ’ अनुगमन टोलीका संयोजक डा. फुयालले भने, ‘अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।’

समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा आयोजनाले सोच्नुपर्ने उनले बताए । समस्याहरु समाधान गर्न सके सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको उनको निष्कर्ष छ ।

अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरु समेत सहभागी थिए ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग गत वैशाख ३ गते वारपार छिचोलिएको थियो ।



from Online Khabar https://ift.tt/bwjM7ED

Post a Comment

0 Comments