ब्रेकिङ न्युज

6/recent/ticker-posts

भैरहवा विमानस्थलको रनवेमा बुद्धको जहाज चिप्लियो, सबै सकुशल

२७ असार, काठमाडौं । भैरहवा विमानस्थलको रनवेमा बुद्घ एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

काठमाडौंबाट भैरहवा गएको नाइन एन-एओसी जहाज आज राति ९ बजेतिर रनवेमा चप्लिएकाे हो । उडान नम्बर ८०५ को सो जहाज भारी वर्षाका कारण चिप्लिएको बताइएको छ ।

जहाजकाे केही भाग घाँसे मैदानमा पुगेकाे थियाे ।

बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन् । काठमाडौंबाट आजै प्राविधिक टिम त्यसतर्फ पठाइएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।



from Online Khabar https://ift.tt/XQcRijO

Post a Comment

0 Comments