ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमाले संसदीय दलको बैठक बस्दै, रास्वपाको स्थगित

२२ असार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठक आइतबार बिहान १० बजे संसद भवनमा बस्दै छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आजैका लागि बोलाइएको रास्वपाको संसदीय दलको बैठक भने विशेष कारण भन्दै स्थगित गरिएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।



from Online Khabar https://ift.tt/f47siPy

Post a Comment

0 Comments