ब्रेकिङ न्युज

6/recent/ticker-posts

डुरान्ड कप : जिलेस्पीको २ गोलमा आर्मीको सान्त्वना जित

३० साउन, काठमाडौं । जिलेस्पीजंग कार्कीको दुई गोल मद्दतमा त्रिभुवन आर्मी एफसीले भारतमा जारी १३३ औं डुरान्ड कपमा सान्त्वना जित हात पारेको छ ।

समूह एफमा रहेको आर्मीले मंगलबार भएको खेलमा राङ्दाजिएद युनाइटेडलाई २-० ले पराजित गरेको हो । यसअघि खेलेको दुवै खेलमा पराजित भएको आर्मी नकआउट चरणमा भने पुग्न सकेन ।

जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा आर्मीका लागि जिलेस्पी जंग कार्कीले दुवै हाफमा गोल गरे । उनले २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने ६६औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

तीन खेलमा एक जित र दुई हारको नतिजापछि आर्मी समूह एफको तेस्रो स्थानमा रह्यो । राङ्दाजिएदले भने सबै तीन खेलमा हार व्यहोर्दै अंकविहीन बन्यो ।



from Online Khabar https://ift.tt/SiOlq1w

Post a Comment

0 Comments