ब्रेकिङ न्युज

6/recent/ticker-posts

मानुएल नोएले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

६ भदौ, काठमाडौं । जर्मनीका गोलकिपर मानुएल नोएले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् ।

सन् २०१४ मा जर्मनीका लागि विश्वकप उपाधि जितेका नोएरले जर्मनीका लागि १२४ खेल खेलेका छन् । जर्मनीबाट उनको अन्तिम खेल गत महिना भएको युरो २०२४ अन्तर्गत स्पेनसँगको क्वाटरफाइनल खेल थियो । उक्त खेलमा पराजित हुँदै जर्मनी युरो २०२४ बाट बाहिरिएको थियो ।

३८ वर्षीय बायर्न म्युनिखका गोलकिपर नोएनले सन् २००९ मा जर्मनीका लागि डेब्यु गरेका थिए । त्यसयता उनले ८ मुख्य प्रतियोगिता खेले ।

सन् २०१८ को विश्वकपअघि नोएर जर्मनीका कप्तान बनेका थिए । यस वर्षको सुरुमा इल्के गुन्डोगानले रिप्लेस गर्नअघिसम्म उनी कप्तानकै भूमिकामा थिए । यसै साता गुन्डोगानले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका छन् । यस्तै मिडफिल्डर टोनी क्रुसले पनि घरेलु मैदानमा युरो २०२४ पछि सन्यास लिएका थिए ।

गोलकिपर नोएनले क्लब फुटबललाई भने निरन्तरता दिनेछन् । उनले सन् २०२५ सम्म बायर्नमै बस्ने गरी गत वर्ष नयाँ सम्झौता गरेका थिए ।



from Online Khabar https://ift.tt/0bJzLRk

Post a Comment

0 Comments