१५ असोज, धनगढी । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए ।
उनकाअनुसार चौधरी से६प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा९५प ९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यस्तै, बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका- ७ का २२ वर्षीया दिपक बोहोरा घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
from Online Khabar https://ift.tt/mvygT7B
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।