ब्रेकिङ न्युज

6/recent/ticker-posts

पोखराको बुद्धचोकमा आगलागी

२२ असोज, पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकस्थित एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्क प्रा.लि.मा गएराति करिब सवा आठ बजे आगलागी भएको हो ।

आगालागीमा पसल पूरै जलेर क्षति भएको कास्की प्रहरीले जनाएको छ । उक्त आगो वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी, दमकल र स्थानीयको सहयोगमा राति ९ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट स्केट जुत्ता ६५० थान, कम्प्युटर ३ थान, ४३ इन्चको टिभी एक थान, जेनेरेटर ब्याट्री एक थान, इन्भर्टर ब्याट्री एक थान, सीसीटीभी क्यामेरा आठ थान (मोनिटरसहित) जलेर नष्ट भएको छ ।

आगलागीको कारण खुलेको छैन । प्रहरीले बिजुलीको लाइन सर्ट भएर आगलागी भएको अनुमान गरेको छ ।



from Online Khabar https://ift.tt/ywPEeFn

Post a Comment

0 Comments