ब्रेकिङ न्युज

6/recent/ticker-posts

कुटिएका एक जना ट्राफिक प्रहरी जवान "कमल प्रसाद घिमिरे" को अहिले अल्का अस्पतालमा उपचार भैरहेको

आज पुल्चोकको झडपको क्रममा निर्घात कुटिएका एक जना ट्राफिक प्रहरी जवान "कमल प्रसाद घिमिरे" को अहिले अल्का अस्पतालमा उपचार भैरहेको पुल्चोक प्रहरी कार्यालयले जानकारी दिएको छ । 



उनी ट्राफिक प्रहरी भएकाले भिडलाई नियन्त्रण गर्ने उनको भूमिका थिएन र उनी सवारी व्यवस्थापन गर्नलाइ बाइकमा जादै थिए र पछि आन्दोलनकारीहरुले रोकेर उनमाथि कुटपिट गर्न थाले, उनको टाउको र जीउमा गहिरो चाेट लागेको छ ।

 प्रहरीका अनुसार अस्पतालबाट सबै डिस्चार्ज भएपनि ती ट्राफिक प्रहरी जवानको भने उपचार जारी रहेको बताइएको छ । आज झडपको क्रममा प्रदर्शनकारीहरुले उनी चढेको मोटरसाइकल समेत तोडफोड गरेका छन् र उनले साथमा बोकेको मोबाइल पनि हराएको बताइएको छ । अहिले उनलाई कुटपिट गरेको भिडियो भाइरल भैरहेको छ ।

Post a Comment

0 Comments