ब्रेकिङ न्युज

6/recent/ticker-posts

राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

२८ असोज, काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।

मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।

नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

 



from Online Khabar https://ift.tt/3nMOTdV

Post a Comment

0 Comments