ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोना संक्रमित मेचीनगर प्रमुख आचार्यलाई उपचार गर्न भारत लगियो

१२ कात्तिक, झापा । मेचीनगर नगरपालिका झापाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि  भारतको सिलिगुढी लगिएको छ ।

कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलेशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए ।

मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।



from Online Khabar https://ift.tt/3oy62sd

Post a Comment

0 Comments