ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकाकी नव–निर्वाचित उपराष्ट्रपति कमलाले लाइभ टिभीमा लगाइन् कोभिडको भ्याक्सिन

अमेरिकी नव–निर्वाचित उपराष्ट्रपति कमला ह्यारिस कोभिड–१९ को भ्याक्सिन लगाउने राजनीतिज्ञमा समावेश भएकी छिन् । कमला ह्यारिसले मंगलबार कोभिड–१९ को खोप टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा लगाइन् । उनले मोडर्नाको खोप लगाएकी हुन् । यो मौकामा कमला ह्यारिसले भनिन्, ‘मलाई थाहै भएन कि इन्जेक्सन कहिले हालियो ।’उनले भनिन्, ‘म सबैलाई इन्जेक्सन लगाउन प्रोत्साहन गर्न चाहन्छु । यो लगभग पीडारहित छ । यो सुरक्षित छ । मलाई वैज्ञानिकमाथि विश्वास छ ।’ 

from रातोपाटी https://ift.tt/37UGK13

Post a Comment

0 Comments