ब्रेकिङ न्युज

6/recent/ticker-posts

२०३० को एसियन गेम्स कतारमा हुने, २०३४ मा साउदीमा

१ पुस, काठमाडौं । सन् २०३० को एसियन गेम्स कतारमा आयोजना हुने भएको छ । एसियाली खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्सको २१औं संस्करण कतारको दोहामा हुने भएको छ ।

बुधबार ओमानको मस्कटमा भएको ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाबाट दोहाले आयोजनाको जिम्मेवारी पाएको हो ।

२०३०को एसियन गेम्सका लागि कतारको दोहा र साउदी अरेबियाको रियादले दाबेदारी पेश गरेका थिए । जसमा दोहाले रियादलाई पछि पार्दै दोस्रो पटक एसियन गेम्स आयोजना गर्ने अधिकार पाएको हो ।

यस्तै सन् २०३४ को एसियन गेम्स साउदीको रियादमा हुने भएको छ । साधारण सभाबाट रियादलाई २२औं संस्करणको एसियन गेम्स आयोजनाको जिम्मेवारी दिइएको ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ ।

कतारले यसअघि सन् सन् २००६ मा १५औं संस्करण आयोजना गरेको थियो । रियादले पनि पहिलो पटक एसियन गेम्सको आयोजना गर्ने जिम्मेवारी पाएको हो ।



from Online Khabar https://ift.tt/3oU2K1C

Post a Comment

0 Comments