ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेन्जामाले दुई गोल गरेपछि रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो

काडिजविरुद्ध ३–० को जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ । यस खेलमा करिम बेन्जामाले दुुई गोल गरे भने थप गोलका लागि अल्भारो ओड्रियोजोलालाई पास मिलाइदिए । यस नतिजाले रियल म्याड्रिडलाई फेरि उपाधिको बलियो दाबेदार बनाएको छ । रियलले ३२ खेलबाट ७० अंक बटुलेको छ भने ३१ खेल खेलेको एथलेटिको म्याड्रिडको पनि ७० अंक नै छ । ३२ खेलबाटै सेभियाले ६७ अंक बटुलेको छ । यता, ६५ अंकसहित चौथो स्थानमा रहेको बार्सिलोनाले भने ३० खेलमात्रै खेलेको छ । 

from रातोपाटी https://ift.tt/3gzqo2D

Post a Comment

0 Comments