नेपाल बुद्धिचाल संघका पूर्व कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको शनिबार काठमाडौँमा निधन भएको छ । काठमाडौँको क्षेत्र पाटी बस्ने श्रेष्ठ लामो समयदेखि सुगर रोगले पीडित थिए । २०६४ देखि २०७२ सालसम्म निरन्तर कोषाध्यक्षमा रहेर उनले नेपालमा बुद्धिचाल खेल विकासको लागि महत्वपूर्ण काम गरेका थिए । २०१२ सालमा काभ्रेमा जन्मिएका श्रेष्ठले त्यस पूर्व निजामति कर्मचारीका रुपमा विभिन्न कार्यालयमा काम गरेका थिए । लेखामा दक्खल राख्ने श्रेष्ठका एक छोरा र छोरी छन् ।
from रातोपाटी https://ift.tt/3u24Rmw
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।