सुरक्षाकर्मीको टोलीले कमला नदीमा पानीको बहाव बढेपछि नदीको भंगालोमा फसेका ३ महिलासहित एक साधुको सकुशल उद्दार गरेको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ सुन्दरपुरका ३ महिला र धनुषाका एक पुरुष (साधु बाबा)लाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्दार गरेको हो ।सिरहा र धनुषाको सिमानाबाट उनीहरुको उद्दार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कमला नदीमा घाँस काट्न गएका बेला अचानक पानीको बहाव बढेपछि उनीहरु भंगालोमा फसेका थिए ।
from रातोपाटी https://ift.tt/3jyXGQX
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।