ब्रेकिङ न्युज

6/recent/ticker-posts

टोटनहमको लगातार दोस्रो जित, युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । टोटनहम हट्सपरले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्दा म्यानचेष्टर युनाइटेड भने साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ ।

आइतबार भएको खेलमा टोटनहमले वल्भसलाई १-० ले पराजित गरेको छ । प्रशिक्षक नुनो स्पिरितोकोको पूर्व क्लबविरुद्ध जित हात पार्दा डेले अलीले टोटनहमका लागि निर्णायक गोल गरे । उनले खेलको नवौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए ।

वल्भ्सका जोस सा ले डेले अलीलाई नै फाउल गरेपछि टोटनहमले पेनाल्टी पाएको थियो र त्यसैमा उनले गोल गरेका हुन् ।

लगातार दोस्रो जितपछि टोटनहमले ६ अंक जोडेको छ । लिभरपुल र ब्राइटन समान अंक भए पनि गोलअन्तरमा टोटनहम पछि छ र तेस्रो स्थानमा छ ।

टोटनहमले दुवै खेलमा क्लिनसिट राखे पनि जम्मा दुई गोल मात्र गरेको छ । पहिलो खेलमै टोटनहमले साविक विजेता म्यानचेष्टर सिटीलाई पराजित गरेको थियो ।

उता पहिलो खेलमा शानदार जित हासिल गरेको म्यानचेष्टर युनाइटेड दोस्रो खेलमा भने साउथह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको छ ।

साउथह्याम्पटनले घरेलु मैदानमा पहिले अग्रता लिए पनि युनाइटेडले दोस्रो हाफमा बराबरी गोल पर्काएको थियो । खेलको ३०औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले प्रहार गरेको बल युनाइटेडका फ्रेडलाई डिफ्लेक्स हुँदा गोल भएको थियो ।

युनाइटेडका लालि ५५औं मिनेटमा मासोन ग्रीनउडले पउल पोग्बाको पासमा बराबरी गोल फर्काए । यस सिजन दुई खेलमै पोग्बाको यो पाँचौ असिस्ट हो ।

बराबरीपछि २ खेलबाट ४ अंकसहित युनाइटेड चौथो स्थानमा छ । पहिलो खेल हारेको साउथह्याम्पटनले भने पहिलो अंक जोडेको छ ।



from Online Khabar https://ift.tt/3sBPEJu

Post a Comment

0 Comments