ब्रेकिङ न्युज

6/recent/ticker-posts

थारु समुदायले बड्का अटवारी पर्व मनाउँदै

६ भदौ, काठमाडौँ । थारु समुदायले रैब अर्थात बड्का अटवारी पर्व मनाउँदैछन् ।

हरेक वर्ष भदौ महीनाको पहिलो आइतबारदेखि यो पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।

यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ। यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् । तर यो वर्ष भने कोरोना महामारीका कारण आफ्नै घरमा बसेर पर्व मनाइँदै छ ।

यसैगरी धार्मिक मान्यता अनुसार बाल-बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली-नालीमा रोग-व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहँदै आएको छ ।

यस्तै पश्चिमका थारुहरुले यो पर्वलाई “बड्का अटवारी” भनेर मनाउने गर्छन् । यो भदौ महीनाका हरेक आइतबार अगल-अलग गाउँहरुले आफ्नो अनुकुल पर्ने आइतबार रैब वा अटवारी मनाउने गर्छन् ।



from Online Khabar https://ift.tt/2UBoDt9

Post a Comment

0 Comments