ब्रेकिङ न्युज

6/recent/ticker-posts

जर्जिन्हो बने युरोपका उत्कृष्ट खेलाडी

काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले युइएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् ।

च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एनगोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनलाई उछिन्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् ।

यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितिन् ।

युइएफए प्रेसिडेन्टल अवार्ड डेनिस मेडिकल टिम र डेनमार्कका कप्तान सिमोन केयरले प्राप्त गरेको छ । युरोकपमा फिनल्याण्डविरुद्ध मिडफिल्डर क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमै ढल्दा डेनिस मेडिकल टिम र केयरले गरेको कार्यलाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो ।

 



from Online Khabar https://ift.tt/3sRWtGV

Post a Comment

0 Comments