ब्रेकिङ न्युज

6/recent/ticker-posts

सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का

२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् ।

यही अगष्ट अन्तिमदेखि सीपीएल टी-२० क्रिकेट आयाेजना हसँदैछ । तर सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकाेले सीपीएल गुमाउने भएका हुन् ।

यसअघि भिसा समस्याका कारण सन्दीपले टी-२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएका थिए ।

सीपीएल यक अगस्ट २६ तारिखदेखि सेप्टेम्बर १५ सम्म सेन्ट किट्समा आयाेजना हुँदैछ । त्यसका लागि सन्दीपलाई डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले अनुबन्ध गरेको थियो ।

तर सन्दीप अगष्ट अन्तिममा नेपाली टिमसँग ओमान भ्रमणमा जाने भएकाेले सीपीएल खेल्न नभ्याउने भएका हुन् ।

सीपीएलले मंगलबार अपडेट गरेकाे टिम लिस्टमा पनि सन्दीपकाे नाम छैन ।

ट्रिनबागाेले केही दिनअघि यासिर शाहलाई अनुबन्ध गरिसकेकाे छ । सम्भवत उनी सन्दीपकै स्थानमा टिममा अनुबन्ध भएका हुन् ।

आईसीसी विश्वकप लिग २ काे ट्राई सिरिजर त्यसअघि पपुवान्यु गिनी (पिएनजी) सँग हुने दुई खेलका लागि नेपाली टिम अगस्ट अन्तिममा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ ।

केही दिन क्वारेन्टिन बस्नुपर्ने भएकाेले नेपाल केही चाँडै जान लागेको हो ।

नेपालले पिएनजीसँग सेप्टेम्बर ५ र ८ मा खेल्ने पक्का भइसकेकाे छ ।

यस्तै नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने तय छ ।

सन्दीपले ओमान भ्रमणपछि सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने चाैथा‌ संस्करणबाे एभरेस्ट प्रिमियर लिग खेल्नेछन् ।

यसपटक उनी काठमाडौं किंग्स-११ को कप्तानको नियुक्त भएका छन् ।



from Online Khabar https://ift.tt/3sri48X

Post a Comment

0 Comments