नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिराले घरसमेत जोखिममा परेको बताइएको छ
from रातोपाटी https://ift.tt/3iZ5ISE
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको
विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर
एक सय ३...
1 hour ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।