नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिराले घरसमेत जोखिममा परेको बताइएको छ
from रातोपाटी https://ift.tt/3iZ5ISE
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।