ब्रेकिङ न्युज

6/recent/ticker-posts

इम्मोबिलको ह्याट्रिकमा लाजियोको लगातार दोस्रो जित, शीर्ष स्थानमा उक्लियो

१३ भदौ, काठमाडौं । सिरो इम्मोबिलले ह्याट्रिक गरेपछि लाजियोले इटालियन सिरी ए मा स्पेजियालाई ६-१ ले पराजित गरेको छ । लिगमा लाजियोको यो लगातार दोस्रो जित हो र साविक विजेता इन्टरलाई पछि पार्दै लाजियो अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

सुरुमै एक गोलले पछि परे पनि लाजियोले तत्काल गोल फर्काउँदै पुनरागमन गरेको थियो ।

रोमस्थि ओलम्पिक स्टेडियममा लाजियोका लागि इम्मोबिलले खेलको पाँचौ, १५औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । उनले पहिलो हाफको यन्जुरी टाइममै पेनाल्टीमा गोल गर्न असफल भएका थिए । यस्तै फेलिपे एन्डरसन, एलसेइड ह्यास र लुइस अल्बर्टोले एक एक गोल थपे ।

स्पेवियाका लागि खेलको चौथो मिनेटमै ड्यानिएल भर्डले गोल गर्दै स्पेजियालाई अग्रता दिलाए पनि कायम राख्न सकेन । ५४औं मिनेटमा केल्भिन एडुले रातो कार्ड पाएपछि स्पेजियाले १० खेलाडीमा रहेर खेलेको थियो ।



from Online Khabar https://ift.tt/38jQmlB

Post a Comment

0 Comments