घरेलु लिगमा संघर्षरत युभेन्टसले च्याम्पियन्स लिगको समूह एच अन्तरगतको खेलमा चेल्सीलाई पराजित गरेको छ । फेडेरिको चिएसाको एक मात्र गोलको मद्दतले युभेन्टस विजयी भएको हो ।फेडेरिको बनाडेस्कीले युभेको अग्रता दोब्बर पार्ने सुन्दर अवसर खेर फालेका थिए । चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले पनि दुईवटा गोलको अवसर गुमाएका थिए । त्यस्तै, काई हार्भट्जले पनि गोल गर्नबाट चुकेका थिए । समूहकै अन्य खेलमा जेनिट सेन्ट पिटर्सबर्गले माल्मोलाई ४–० ले हरायो ।समूह एचमा युभेन्टस ६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
from रातोपाटी https://ift.tt/3m7YJqR
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।